परराष्ट्रमन्त्री आर्जु देउवा राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन

 परराष्ट्रमन्त्री आर्जु देउवा राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन

परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ । राणाका सल्लाहकार एकराज पाठकले  दिएको जानकारी अनुसार कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको हो । काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको उनले बताए । जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकामा हल्का पानी परेको थियो ।




Post a Comment

0 Comments