‘गुण्डा नाइके’ चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले पक्राउ गरे
काठमाडौँ- ‘गुण्डा नाइके’ का रूपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई नेपाल प्रहरीले गएराति काठमाडौँको बाँसबारीस्थित होटल साम्बालाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले आपराधिक गतिविधिमा संलग्न आरोपमा उनलाई उनकै जन्मदिनको पार्टीमा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ताले शुक्रबार बिहान दिएको जानकारीअनुसार चक्रे मिलनसहित ४७ जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार जन्मदिन मनाउने भन्दै दुई दिनदेखि विभिन्न स्थानमा उनका समर्थकहरूको गतिविधि तीव्र थियो। बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा सहयोग माग्दै बसेकाहरूलाई पैसा बाँड्दै हिँडेका थिए। त्यसपछि ठमेलमा चर्चित र्यापरहरूसँग देखिएका थिए।
राति उनी होटल साम्बालामा आयोजित पार्टीमा सहभागी थिए जहाँ २० वटासम्म केक काटिएको बताइएको छ। गाडीहरूको लावालस्करसहित स्कर्टिङ गर्दै महाराजगञ्जसम्म पुगेको उनको समूहको गतिविधिले प्रहरीको ध्यान तानेको थियो।
सार्वजनिक स्थानमा हल्ला, होहल्ला गरेको सूचना पाएपछि काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको निर्देशनमा अपरेशन चलाइएको थियो। प्रहरीले अपराधिक पृष्ठभूमि भएका ४७ जनालाई नियन्त्रणमा लिएको थियो जसमा ४७ जनाको पुष्टि भएको हो।
हाल उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाहीको तयारी भइरहेको छ।
प्रहरी स्रोतका अनुसार, चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा देखिएका थिए । दिउँसो मन्दिर आसपास सहयोग माग्दै बसेका व्यक्तिहरुलाई पैसा बाँड्दै हिँडेका देखिएका उनी ठमेलमा केही र्यापरहरुसँग समेत देखिएका थिए । उनको जन्मदिनमा भेला भएका समर्थकहरुसँगै चर्चित र्यापरहरु समेत पुगेका थिए । त्यहाँ उनले एकैठाउँमा २० वटासम्म केक काटेको प्रहरी बताउँछ ।अपराह्न उनको समूहले चक्रे मिलनलाई गाडीहरुको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेको थियो । यसको सूचना काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालय दुवैलाई पुगेको थियो ।
र, पछिल्लो समय कुनै आपराधिक गतिविधिमा प्रत्यक्ष संलग्नता नदेखिएका मिलनको गतिविधिमा चासो दिने वा नदिने भन्नेमा अधिकारीहरु अलमलमा थिए ।
0 Comments