१० वर्षअघि डिभी परेर अमेरिका गएका नै देश निकालामा, अन्ततः रित्तो हात फर्किए नेपाल

 १० वर्षअघि डिभी परेर अमेरिका गएका नै देश निकालामा, अन्ततः रित्तो हात फर्किए नेपाल 

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएका ३७ जनामध्ये एक जना डाइभर्सिटी भिसा (डिभी) मा त्यहाँ गएका व्यक्ति रहेको खुलेको छ ।

अध्यागमन विभाग स्रोतका अनुसार, १० वर्षअघि डीभी परेर गएका ती व्यक्ति अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका थिए । एक जना आफन्तसँग बसिरहेका उनी त्यहाँ पारिवारिक विवादमा परेका थिए । त्यसक्रममा उनलाई प्रहरीले पक्राउ गरेर लगेको थियो ।

केही समयको अनुसन्धान अनि कानुनी प्रक्रियापछि उनलाई अमेरिकी प्रशासनले डिपोर्ट गर्ने निर्णय गरेको थियो । त्यसपछि काठमाडौं स्थायी घर भएका उनलाई चार्टर्ड विमानमा काठमाडौं पठाइएको थियो ।

काठमाडौं आएपछि उनीसँग मानवबेचबिखन अनुसन्धान ब्यूरोका अधिकारीहरूले समेत संक्षिप्त सोधपुछ गरेका थिए । ‘तर डीभी परेर गएको भनेपछि हाम्रो धेरै सरोकारको केश भएन’, एक अधिकारीले भने, ‘सामान्य विवरण टिपेर पठाइदिएका थियौं ।’



Post a Comment

0 Comments