स्टाटस लेख्नु अगाडी बालेनले ललितपुरको यो रेस्टुरेन्टमा पिएका थिए
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार राति सामाजिक सञ्जालमा राखेको विवादित स्टाटसको पछाडिको कथा पत्रकार मंजु कार्कीले सार्वजनिक गरेकी छन्।
मंजु कार्कीका अनुसार, हिजो उनी परिवारसँग ललितपुरको Saskar Fine Dine & Events रेस्टुरेन्टमा थिए। त्यहाँ चार–पाँच जना साथीहरूसँग बालेन उपस्थित थिए।
उनले बताइन्,“हामी भित्र बस्यौं, तर बालेन हाम्रो बस्ने ठाउँबाट देखिन्थे। उनले बारम्बार मदिरा थपिरहेका थिए। मलाई लाग्यो, शनिबार छुट्टीको दिन होला।”
तर राति बालेनको स्टाटसले मन्जुको अनुमानभन्दा धेरै जटिल अवस्था भएको कार्कीले बताइन्। उनले स्पष्ट पारिन्,
“म कसैको विरोधी वा समर्थक होइन। गाली गर्नु भन्दा पहिले रेस्टुरेन्टको सीसीटीभी हेर्नुहोस्, मैले देखेको सबै त्यहीँ छ।”
कार्कीले स्टाटसको बहसलाई भूराजनीतिक सन्दर्भमा राख्दै लेखिन्,
“अन्यथा रक्सी–भाङको कुरा मेरो मतलब थिएन। इच्छा गर्नेले खाने हुन्। सम्भवतः शाहसँग त्यहाँ एक नायिकाका श्रीमान् पनि उपस्थित थिए।”
सामाजिक सञ्जालमा बालेनको स्टाटसले विवाद चुलिएको छ र आलोचना भइरहेको बेला, मन्जु कार्कीले व्यक्तिगत अनुभव र प्रत्यक्ष देखाइलाई आधार मानेर स्पष्टिकरण गरेकी छन्।
विश्लेषकहरू भन्छन्, यो घटनाले देखाउँछ कि राजनीतिज्ञको व्यक्तिगत व्यवहार र सार्वजनिक अभिव्यक्तिले कसरी राजनीतिक छवि प्रभावित गर्छ, र सोशल मिडियामा पोस्ट हटाए पनि चर्चा रोक्न सकिँदैन।
यद्यपि हाम्रो फ्याक्ट चेकले गरेको तथ्याङ्कबाट उक्त पोस्ट नक्कली रहेको पुष्टि भएको छ। सामाजिक सञ्जालमा ब्राह्मण र मिथ्या सूचना फैलाइएको हाम्रो फ्याक्ट चेकले निष्कर्ष निकालेको छ।




0 Comments