ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, धम्की पछि काठमाडौँमा सुरक्षाकर्मी हाई अलर्टमा

 ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, धम्की पछि काठमाडौँमा सुरक्षाकर्मी हाई अलर्टमा 

निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता  रमेश लेखकलाई पक्राउको माग गर्दै आफूलाई जेन–जी समूहको नेता दाबी गर्ने सुदन गुरुङ  प्रहरी परिसर काठमाडौं पुगेका छन् ।

सोमबार साँझ निवेदन लिएर गुरुङको समूह भद्रकालीस्थित प्रहरी परिसर पुगेको हो । उनीहरूले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै ओली र लेखकलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ताको प्रयास गरेका थिए । 

तर, यसबारे सरकारले गठन गरेको जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले निवेदन दर्ता गर्न मानेन । त्यसपछि सडकबाटै देखाइदिने भन्दै सुदनको समूह प्रहरी कार्यालयबाट बाहिरिएको थियो । 

यसैबीच काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण वृत्तलाई फिर्ता बोलाएको छ । 'सडकबाटै देखाइदिन्छौँ' भन्दै गुरुङको टिमले धम्की दिएपछि प्रहरीले सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई वृत्तमा तानिएको हो ।


Post a Comment

0 Comments