हमासद्वारा ‘बिदाई तस्बिरमा विपिन जोशी पनि

 हमासद्वारा ‘बिदाई तस्बिर’ सार्वजनिक: ४८ जनामा नेपाली युवा विपिन जोशी पनि 

काठमाडाैं। इजरायल–गाजा युद्धले चरम रूप लिँदै गर्दा हमासले ‘बिदाई तस्बिर’ शीर्षकमा ४८ जनाको तस्बिर सार्वजनिक गरेको छ। तीमध्ये एक नेपाली युवा विपिन जोशी पनि रहेका छन्, जसले घटनालाई अझै भावनात्मक र जटिल बनाएको छ। अलजजिराका अनुसार, ती सबैलाई कैदी वा बन्दीका रूपमा देखाइएको छ। तर, उक्त सूचीमा उल्लेखित केही व्यक्ति पहिले नै मृतक भएको पुष्टि भइसकेको छ। यसले सूचीको विश्वसनीयता र उद्देश्यप्रति प्रश्न उठाएको छ।

कञ्चनपुरका बिपिन जोशी गत वर्ष अक्टोबरमा गाजास्थित इजरायली फार्ममा हमासको आक्रमणमा वेपत्ता भएका थिए। लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा परिवार र राष्ट्रमा गहिरो चिन्ता छाइरहेको थियो। अहिले उनको तस्बिर हमासद्वारा सार्वजनिक सूचीमा देखिएपछि उनी जीवितै कैदमा छन् कि? भन्ने प्रश्न फेरि उठेको छ।

सूचीको उद्देश्य के हो?

‘बिदाई तस्बिर’ शीर्षक दिइएका ती ४८ फोटो कुन उद्देश्यका लागि सार्वजनिक गरियो भन्ने विषयमा हमासले स्पष्ट जानकारी दिएको छैन। विश्लेषकहरू भन्छन्, यो कदम मनोवैज्ञानिक दबाब सिर्जना गर्न, वार्ता प्रक्रियालाई प्रभावित पार्न वा समर्थकहरूलाई सन्देश दिन सक्ने उद्देश्यले गरिएको हुनसक्छ।

बिपिनका परिवारले सरकारले यस विषयमा तत्काल स्पष्टता र आधिकारिक जानकारी ल्याउनुपर्ने माग गरेका छन्। परराष्ट्र मन्त्रालयले यस विषयमा जांच भइरहेको जनाएको छ भने गम्भीरतापूर्वक अध्ययन भइरहेको बताइएको छ।

युद्ध केवल रणनीति र भू-राजनीतिक सवालमा मात्र सीमित नहुने तथ्य फेरि पुष्टि भएको छ। व्यक्तिगत जीवन र सपनाहरूमा पर्न जाने असर, विशेषतः बिपिन जोशीजस्ता युवा नेपालीहरूका कथाले युद्धको मानवीय पक्षलाई अझ प्रस्ट पार्दछ।


Post a Comment

0 Comments