देशभक्त बाऊको अभागी छोरो...हर्क साम्पाङको भावुक बनाउने स्टाटस
देशभक्त बाऊको अभागी छोरो...
छोरा तिम्ले मैले भन्दा धेरै त्याग गर्नु पर्छ र गरिरहेका छौ ! म त लाहुरेको छोरो भएर हुर्कें मेरो बाऊ अर्थात तिम्रो बाजेले मलाई समय दिनु भयो मेरा चाहनाहरु पूरा गरिदिनु भयो तर तिमी एउटा देश भक्तको छोरा बनेर जन्म लियौ ! मैले तिम्लाई समय दिन सकिनँ सकिरहेको छैन ! तिम्रो रहरका खेलौना र सरसामान किन्दिन सकिरहेको छैन ! म भ्रष्टाचार र कमिशन खाने मान्छे परिनँ त्यसैले मनग्गे पैसा खर्चेर तिम्लाई मन पर्ने सरसामान किन्दिन सकिरहेको छैन ! म यो देश बनाउने अभियानमा छु त्यसैले आफु इमानदार बनेर यो देशलाई इमानदार र पौरखी बनाउने अभियानमा डटिरहंदा तिम्रा बालापन बाऊ बिनाको टुहुरोको जस्तो बितिरहेको छ ! बाऊ सङ्ग हिंड्ने घुम्ने रहरहरु पूरा नगरिकनै बितिरहेको छ ! यो तिम्रो त्याग हो ! मैले तिम्रो लागि केही पनि सम्पत्ति जोडिदिएको छैन ! तिम्रा दुईहात बजाएर खानेछौ र आफ्नो पहिचान सहित तिम्ले आफ्नो पेटपाल्नेछौ भन्ने विश्वास लिएको छु ! यही देशमा गरिखाने र बाँच्न सक्ने वातावरण बनाउन मैले र तिम्ले हामी दुईले यो त्याग गर्नु परेको हो ! यो देशलाई समर्पित गरिसकेको जीवन बाँच्ने मान्छेको महान त्यागी छोरा हौ तिमी ! अहिले तिम्ले यो मेरो लेखको अर्थ बुझ्न सक्दैनौ तर जुन दिन बुझ्ने उमेरको बन्ने छौ त्यो दिन तिम्रो बाऊले ( मैले ) गरेको कर्म र चुनेको बाटो गलत थिएन रहेछ भन्ने बुझ्नेछौ ! यो देश नै मेरो घर र सारा नेपाली मेरो परिवार सम्झेर देश बनाउन मैले गरेको त्याग र प्रयासको कारण तिम्रो बालापन बाऊ बिनाको टुहुरोको जस्तो तरिकाले बितिरहेको छ ! तिम्लाई जति माया मैले यो देशका हरेक बालबालिकालाई गर्नु पर्छ ! यो देशका हरेको बाल्बालिकाको भविष्य र खुसीका लागि संघर्ष, प्रयास र श्रम गर्नु पर्दा मैले तिम्लाई समय दिन नसकेको हो ! मैले बुझेर त्याग गरिरहेको छु ! तिमी अबोध भएरै पनि त्याग गर्नु परिरहेको छ ! तिम्ले गरेको त्याग मैले गरेको भन्दा ठुलो त्याग हो किनकि तिम्रो त्याग निर्दोष छ अबोध छ ! "अरुको बाबाले घुमाउन लान्छन् त ! खोइ त बाबाले मलाई घुमाउन लानु हुन्न त ! किन ? " भनेर तिम्ले आमालाई सोध्छौ रे ! तिम्रो प्रश्नले मेरा आँखा रसाउँछन् तर ओठले बोल्न सक्दैन ! त्यो तिम्रो प्रश्नको जवाफ म कसरी दिऊँ छोरा ? म सङ्ग तिम्रो प्रश्नको उत्तर छैन ! भए पनि तिम्लाई बुझाउन सक्दिन ! तिमी अबोध र निर्दोष छौ ! तिम्ले गरिरहेको त्याग मेरो त्याग भन्दा ठुलो छ ! मैले त बुझेर त्याग गरें तर तिम्ले... तिम्ले त बुझ्न सम्म पाएनौ कि "तिम्रो बाबाले किन तिम्लाई समय दिएन ! तिम्रा साथीहरुलाई उनीहरुको बाबाले किन्द्या जस्तो खेलाँची र रहरका सामानहरु किन किन्दिएन !" I am sorry. I could not be a good father to you at the moment. तर एक दिन तिमी बुझ्ने भए पछि ठुलो भए पछि तिमी मलाई माफ गरिदिनेछौ र तिम्रो बाबाले गरेको कर्म, तिम्रो बाबाले यो देशलाई गरेको माया र देशका लागि अर्पिएर्को जीवनलाई महशुस गरेर खुसी र गर्व महशुस गर्नेछौ ! तिमी र तिमी जस्ता करोडौँ बालबालिकाको भविष्य कोर्न मैले यी सारा दु:ख र त्याग गर्दा तिम्ले पनि आफ्नो भागको त्याग गर्नु परेको रैछ भन्ने थाहा हुँदा तिम्रा आँखा खुसीले रसाउनेछन् ! हो तिमी खुसीले रुनेछौ त्यो दिन ! छोरा तिमी महान छौ ! त्याग गर्ने छोरा हौ तिमी ! तिमी महान छौ !
0 Comments