ओखलढुङ्गामा हाकिमलाई शारीरिक सम्पर्क गर्न कार्यालय सहयोगी युवती खोजिदिने पक्राउ
ओखलढुङ्गामा हाकिमको लागि शारीरिक सम्पर्क गर्न युवती खोज्ने कार्यमा संलग्न कार्यालय सहयोगी पक्राउ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बालकुमार खनाल सँग यौन सम्पर्क गर्न एक नाबालिक १३ वर्षीय किशोरी प्रलोभनमा पारी यौन सम्पर्क राख्न प्रस्ताव गर्ने कार्यालय सहयोगी प्रमिला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। १३ वर्षीय युवतीलाई कार्यालय प्रमुख खनालले मन पराएको र हाकिमले कार्यालय सहयोगीलाई मिलाइदिन भनेपछि उमीलाई खुसी पार्न १३ वर्षीय नाबालिक किशोरीलाई विभिन्न प्रलोभन देखाई कार्यालय सहयोगी विश्वकर्माले फकाएकी थिइन्,
गलत मनसायले भएको उक्त कुराकानी नाबालिक किशोरीले रेकर्ड राखेकी थिइन्। र पटकपटक इन्कार गर्दा समेत दबाब दिन थालेपछि उनले उक्त रेकर्ड आफ्ना साथी र शिक्षकलाई सुनाएका थिए। त्यसपश्चात शिक्षक, साथी र सरोकारवालाले अभिभावकलाई अन्याय नसन र न्यायका लागि सम्बन्धित निकायमा जान सुझाएका थिए।
लगत्तै किशोरीले प्रहरीमा उजुरी दिएको र उजुरी दिएको आधारमा प्रहरीले कार्यालय सहयोगी विश्वकर्मालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। साउन २१ गते पक्राउ गरी बालबालिका विरुद्धको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान तीव्र बनाइएको छ। सुरुको दिनमा कार्यालय सहयोगीले हाकिमको अनुरोध मा हाकिमलाई खुसी पार्न युवतीलाई ललाई फकाई गरेको बयानमा स्वीकारेकी छिन्।
उक्त २६ मिनेटको अडियो रेकर्डमा कार्यालय सहयोगी विश्वकर्माले उक्त किशोरीलाई हाकिमसँग घुम्न जान रेडी हुनु र सधैंको लागि साथी बन्नु र यौन सम्पर्क राख्न तयार हुन भनेकी छिन् साथै बच्चा नबस्ने औषधि पनि उपलब्ध गराउने समेत भनेकी छिन् र प्रलोभनमा पार्न मोबाइल किन्दिने पढाइ खर्च दिने र घुमाउन लैजाने जस्ता प्रलोभन दिएको सुनिन्छ खेलकुदको कार्यक्रममा खेल हेर्न जाँदा भत्तासमेत मिलाइदिने आश्वासन दिएको छ।
हामी महिला काँचोको हुन्छ र अहिले सरसँग मोज गर्ने रमाइलो गर्ने कसैलाई थाहा नदिने पछि अर्कैसँग बिहे गर्ने यो कुरा कसैलाई नभन्नु फेरि हाम्रो इज्जत जान्छ भन्ने विश्वकर्मा अहिले प्रहरीको खोरमा जाकिएकी छिन्। तर सम्बन्धित निकायले ठूलालाई चैन सानालाई ऐन भनेझैँ हाकिममाथि अनुसन्धान गरी डण्डा चलाउने विषयमा भने सतर्क रहेको देखिन्छ।
0 Comments