खोटाङमा दिदीभाइ मृत भेटिए गुपचुप खाल्डोमा हाल्नुको कारण के थियो 

 खोटाङमा दिदीभाइ मृत भेटिए गुपचुप खाल्डोमा हाल्नुको कारण के थियो 

खोटाङ :  दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर – ३ सापातेलमा दिदी भाई मृत भेटिएका छन् । गोबिन्द बस्नेतको छोरी ११ वर्षीया मेनिषा बस्नेत र ६ वर्षीय मेघराज बस्नेत मृत फेला परेका हुन् ।


घरमा कसैलाई थाहा नदिइ वडा नम्बर २ मा पर्ने साप्सुखोलामा बुधबार साथीहरुसङ्ग गएका र घर नफर्केपछि खोजतलास गर्नेक्रममा चेपा भिरबाट एक हजार मिटर तल खरुवा खोलामा खसेर पानीमा डुविरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक शुसान्त मिश्र जानकारी दिए ।

उनीहरुसँग गएका अन्य ४ जना साथीहरु भने सकुशल भेटिएका छन् । मृत अवस्थामा फेला परेका दिदिभाईको शव शुक्रवार गुपचुप खाल्डो खनेर पुरेको भन्ने जानकारी आएपछि घटनास्थलमा प्रहरी टोली पुगेर सुरक्षित गरेको मिश्रले बताए 

नवराजकै माइली छोरीसहित अन्य तीन जना बच्चा भने बाटो मुनी ओढारमा भेटिएका थिए । सँगै आइरहेका साथीहरु एक्कासी पछाडी नदेखिएपछि उनीहरु पनि खोज्दै फर्किएको तर नभेटे पछि आफुहरु अलपत्र परेर बसेको बताएका थिए । बिहिबार राती करिब ८ बजेको समयमा आफ्नै बुवाले मृत भेटेका बच्चाहरु रातभरी गाउँललेले त्यही रुँगेर शुक्रबार छोरम्बु ल्याएर दाहसंस्कार गरिएको बस्नेतको भनाइ छ ।

मृत भेटिएका दिदिभाईको कानूनी प्रक्रिया पुरा नगरि गाउँले मिलेर अन्त्यष्टि गरेको पाइएको हो । घटनाका विषयमा आवश्यक अनुशन्धान सुरु भएको छ। मृतक दिदिभाईका बुबा शान्ति निकेतन माविका कार्यालय सहयोगी रहेको र श्रीमतीले अर्कै बिबाह गरेपछि दुई छोरी र एक छोरासहित उनी घरमा बस्दै आएका थिए


Post a Comment

0 Comments