झापाकी युवतीको पेन्टी खोलेर सेनेटरी प्याड चेक गर्दा प्रहरी नै चकित !

 झापाकी युवतीको पेन्टी खोलेर सेनेटरी प्याड चेक गर्दा प्रहरी नै चकित !


झापाकी युवतीको सेनेटरी प्याड चेक गर्दा प्रहरी नै चकित भएको छ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सेनेटरी प्याडभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर लुकाएर लैजाने खोज्ने एक युवती पक्राउको क्रममा प्रहरी नै चकित बनेको हो।

पक्राउ पर्नेमा झापा जिल्ला कमल गाउँपालिका- ७ घर भई हाल काठमाडौँ नारायण थान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । शनिवार बिहान ११:०५ बजेको समयमा विमानस्थलमा खटिएका सुरक्षाकर्मीले शरीर चेकजाँच गर्ने क्रममा राईलाई १५ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। उनी यति एयरलाइन्स चढेर काठमाडौँ जान लागेकी थिइन् ।
राईले लगाएको भित्रीबस्त्र (पेन्टी) मा प्याडको बीच भागमा प्लास्टिकमा पोको पारी ब्राउन सुगर लैजान खोजेकी थिइन् । उनको साथमा रहेको नागरिकता र रेडमी मोबाइलसमेत बरामद गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी रिजालले बताउनुभयो ।

यसअघि गत वैशाख २१ गते विमानस्थलबाटै प्याडभित्र ब्राउन सुगर लुकाएर लान खोज्दा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ पक्राउ परेका थिए। भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ जाने क्रममा उनीहरू पक्राउ परेका थिए। उनीहरूको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।




Post a Comment

0 Comments