करेन्ट लागेर सोलुखुम्बुको युवकको ज्या,न गयो: ओखलढुंगाको चिशंखुगढीमा
करेन्ट लागेर युवकको ज्या,न गयो: ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-१, कुईभिरको गौरूङ टोलमा करेन्ट लागेर एक युवकको मृ,त्यु भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ फुर्के घर भई खोटाङ जाने क्रममा ओखलढुंगाको कुइभीरमा फुपु दिदीको घरमा बास बसेका ३० वर्षीय चन्द्र राईको मृ,त्यु भएको हो ।
वर्षासँगै मेघ गर्जन र चट्याङ पर्दा बिजुलीको एमसीपी झार्ने क्रममा राईलाई गएराति १० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घट,नास्थलमै मृ,त्यु भएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
घट,नाबारे थप अनुस,न्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको छ ।
0 Comments