अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीहरुको मृत्यु अन्य दुई जना गम्भीर घाइते

 अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीहरुको मृत्यु अन्य दुई जना गम्भीर घाइते 

काठमाडौं । अमेरिकाको लुइसियाना राज्यमा भएको सडक दुर्घटनामा २ जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् । लुइसियाना राज्य प्रहरीले घटनाको पुष्टि गर्दै मृत्यु हुनेहरु २२ वर्षका राजन यादव र २० वर्षका रोजिन ओली भएको बताएको छ ।

प्रहरीका अनुसार मृत्यु भएका दुवै विद्यार्थीहरु नेपाली हुन् । दुर्घटनाग्रस्त कार २०१० मोडलको होन्डा एकर्ड कार भएको र दुर्घटनाको समयमा कार यादवले चलाइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घाइते भएकाहरुको भने पहिचान खुलाइएको छैन ।

मृत्यु भएका दुवै नेपाली विद्यार्थीहरु लुईसियाना टेक विश्वविद्यालयमा अध्ययनरत भएको विश्वविद्यालयका अधिकारीहरुले पुष्टि गरेका छन् । विश्वविद्यालयका अध्यक्ष डा. जिम हेन्टरसनले यादव र ओलीको मृत्युले विश्वविद्यालय दुखी भएको बताएका छन् । घाइते भएका अन्य २ जना पनि विश्वविद्यालयकै विद्यार्थी भएको उनले पुष्टि गरे पनि परिचय भने खुलाएनन् ।



Post a Comment

0 Comments