कक्षा ११-१२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै काठमाडौं महानगर, आजदेखि अनलाइन आवेदनदिन पाउने

 कक्षा ११-१२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै काठमाडौं महानगर, आजदेखि अनलाइन आवेदनको व्यवस्था 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति खुलाएको छ । एक सूचना जारी गर्दै महानगरले शैक्षिक सत्र २०८२/०८३ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो ।

इच्छुक विद्यार्थीहरूले आज अर्थात् १८ असारदेखि २७ असारसम्म अनलाइन आवेदन फाराम भर्न सक्नेछन् । छात्रवृत्तिका लागि प्रवेश परीक्षा भने आगामी ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।

विद्यार्थी तथा अभिभावकले महानगरपालिकाको वेबसाइट entrance.kathmandu.gov.np मा गएर सिधै अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

सूचनामा उल्लेख गरिएअनुसार, विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण पछि प्रकाशन गरिनेछ । थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np हेर्न सकिने सूचनामा उल्लेख छ ।



Post a Comment

0 Comments