भारतबाट लन्डन तर्फ उड्नै लागेको जहाज यसरी भुइँमा खस्यो लाइभ भिडियो र फोटोहरू हेर्नुहोस्।
काठमाडाैँ । अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको छ।
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो। विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो।
यो विमान बोइङ ७८७-८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।
२४२ यात्रुसहित लन्डनतर्फ जान टेकओभर गरेर भुई छोडेर केही माथि पुग्दा नपुग्दै जहाजमा समस्या देखियो र पाइलट अर्थात् क्याप्टेनले कन्ट्रोल रूम टावरसँग सम्पर्क गरेर जहाजमा समस्या देखियो। भनेर केही भन्न खोज्दै थियो भन्न पाउँदा नपाउँदै प्लेन क्र्यास हुन पुग्यो ।
भिडियो पनि हेर्नुहोस्।
0 Comments