शौचालयमा ढले माओवादी अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। टाउको र निधारमा चोट लागेपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालमा उपचारपश्चात घर फर्किएका छन्। खुमलटारस्थित आफ्नै निवासमा गएराति बाथरुममा लडेर घाइते भएका प्रचण्ड मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपश्चात घर फर्किएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छन्।
उनकाअनुसार प्रचण्डको निधारमा बाहिरी चोट लागेको हो।‘गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद’ उनले भनिन्।
अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ।
0 Comments