तीनकुने घटनामा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो झुस्ने व्यक्ति पत्ता लाग्यो

 तीनकुने घटनामा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आगो झुस्ने व्यक्ति पत्ता लाग्यो

काठमाडौं । चैत १५ को राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु भएको तीनकुनेस्थित घरमा आगो लगाउने व्यक्ति पत्ता लागेको छ। राजावादी सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य तारा राजावादी भनिने सरोज गौतमले आफूले नै आगो लगाएको प्रहरी समक्ष स्वीकारेका छन्।

गौतमले प्रहरीलाई दिएको बयानमा उक्त दिन दुर्गा प्रसाई, रविन्द्र मिश्र, र धवल शमशेर जबरासँग पटक–पटक कुराकानी भएको र आफू बिहानै घटनास्थल पुगेको बताएका छन्। भिडलाई उक्साउँदै घरमा पसेर गोकर्ण शाहीको लाइटर प्रयोग गरी आफैंले आगो लगाएको पनि उनले बताएका छन्।


सोही घटनामा पत्रकार सुरेश रजकको मृत्यु भएको सामाजिक सञ्जालबाट थाहा पाएको गौतमको भनाइ छ। यस घटनामा गोकर्ण शाहीले पनि आफू संलग्न भएको स्वीकार गरेका छन्।

दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ।

Post a Comment

0 Comments