काठमाडौंमा ट्रकमा लोड गरेर लैजादै गरेका 25 करोड रकम बरामद, एकजना पक्राउकाठमाडौं । प्रहरीले 25 करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एकजनालाई पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो ।
ना.१ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रूपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको बस्नेतले बताएका छन् । प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्ति र घटना विवरण सार्वजनिक गर्दैछ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका एसपी काजी आर्चायले विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति भरियामात्र रहेकाले मुख्य व्यक्ति पक्राउ नपरेको बताएका छन् ।
सोमबार राति ११ बजे कार्यालयका अनुसन्धान अधिकृतहरुले ट्रकमा २५ करोड बढी रकम लिएर चीन जाँदै गरेको ट्रकसहित ट्रक चालक पक्राउ गरेको थियो । पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका १ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामाले आफू भरियामात्र भएको बताएपनि मुख्य व्यक्तिको बारेमा खुलाएका छैनन् ।
कम कहाँबाट ल्याइएको हो ? के को लागि लगिँदै थियो भन्ने विषय अनुसन्धान गरेर मात्रै भन्न सकिने एसपी आचार्यले बताए ।
‘यहाँबाट रकम लिएर गएर उताबाट केही ल्याउन लागेको प्रवल सम्भावना छ । म्याद थप गरेर बयान लिइसकेपछि थप खुल्ला । स्रोत खुलाएको छैन ,’ उनले भने ।
उनका अनुसार पहिला सुनको अहिले डलरको विषयमा अनुसन्धान गरिने छ । प्रारम्भिक अनुसन्धानको क्रममा ट्रक उनकै रहेको र आमाको नाममा दर्ता भएको पाइएको छ ।
विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
‘झोरको बाटो हुँदै रसुवा जाँदै थियो । हामीले यो गाडी हुन सक्छ भनेर सूचनको आधारमा चालकलाई पक्राउ गरेर कार्यालय ल्याएपछि लुकाउन सक्ने ठाउँमा चेक जाँच गर्यो ’, अनुसन्धानमा खटिएका एक अधिकृतले भने ।
उनलाई अनुसन्धान अधिकृतहरूले सोधपुछ गर्दा आफू रसुवा जान लागेको बताएका थिए । उसको हाउभाउ प्रहरीलाई शंका लागेको थियो । लामाले केरुङबाट सामान आउँदैछ त्यही लिन जान लागेको बयान दिएका थिए ।
उनी निरन्तर तस्करीमा लागेको हुन सक्ने अनुसन्धान अधिकृतको भनाइ छ । उनलाई यसअघि सुन ल्याउने क्रममा पक्राउ परेका थिए । अमुख व्यक्तिहरुको नाम नखुलाएको उनले बताए । नेपाल प्रहरीले अवैध रुपमा समातेको रकम सम्भवत: अहिलेसम्मकै धेरै हुन सक्ने एसपी आचार्यको भनाइ छ ।
काठमाडौं । प्रहरीले 25 करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गएराति एकजनालाई पक्राउ गरेको हो ।

0 Comments