एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एक लाखसम्म पुरस्कार
काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आगामी एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ। गाउँपालिका प्रमुख विष्णु भट्टका अनुसार, ४ जीपीए ल्याउनेलाई १ लाख रुपैयाँ, ३.९० देखि ३.९९ जीपीए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जीपीए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जीपीए ल्याउनेलाई १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
यस वर्षको एसईई परीक्षामा २ सय ९८ जना नियमित र ७३ जना ग्रेडवृद्धितर्फका विद्यार्थी सहभागी हुनेछन्।
गाउँपालिकाले सीटीईभीटीअन्तर्गतका विद्यार्थीलाई छात्रवृत्ति र अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने व्यवस्था गरेको छ। साथै, दलित र बराम समुदायका स्नातकोत्तर र एमबीबीएस विद्यार्थीलाई पनि छात्रवृत्ति दिने व्यवस्था छ।
0 Comments