सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन

 सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन 

काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे  भएको छ । राष्ट्रपति कार्यालयले उक्त शपथ ग्रहणको लागि टेन्ट बनाउने लगायतको कार्य जारी रहेको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिमण्डल विस्तार गर्दैछिन् । पहिलो पटक विस्तार गरिएको मन्त्रिमण्डलमा अधिवक्ता ओम प्रकाश अर्याल गृहमन्त्री हुने भएका छन् । अर्याललाई कानुन मन्त्रालयको समेत जिम्मेवारी सुम्पिएको छ ।

कूलमान घिसिङलाई शहरी विकाश, उर्जा शहरी विकाश र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइन लागेको छ । त्यस्तै, अर्थ मन्त्रालयको जिम्मेवारी पूर्व सचिव रामेश्वर खनाललाई दिईएको छ । पूर्व जर्नेल बालानन्द शर्मालाई रक्षा मन्त्रालयको जिम्मेवारी तोकिने भएको छ ।

पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बन्ने भएका छन्। कांग्रेस र एमालेको दुई तिहाइ बहुमतको सरकार जेनजी आन्दोलनपछि ढलेको परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारमा खनाल अर्थमन्त्री बन्ने निश्चित भएको हो।

प्रधानमन्त्री कार्कीले मन्त्री चयनको क्रममा खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्। निर्वाचन अन्तरिम सरकारलाई सकेसम्म गैरदलीय मन्त्री बनाउने क्रममा रहेकी प्रम कार्कीले पूर्व अर्थ सचिव खनाललाई अर्थ मन्त्री बनाउन लागेकी हुन् ।

पूर्व सचिव खनालले तत्कालीन अर्थमन्त्री भरत मोहन अधिकारीसँग विचार नमिलेपछि अर्थसचिव पदबाट राजीनामा दिएका थिए। खनालको नियुक्तिसँगै अर्थ मन्त्रालयमा अनुभव र प्रशासनिक ज्ञानलाई बल दिँदै नयाँ सरकारले आगामी आर्थिक कार्यनीतिहरू अघि बढाउने अपेक्षा गरिएको छ।

खनाल भूतपूर्व अर्थसचिव हुन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका भूतपूर्व कार्यकारी निर्देशक हुन् । अर्यालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकारका रूपमा काम गरिसकेका छन्।

प्रधानमन्त्री कार्कीले कार्यभार सम्हालेलगत्तै गरेको सम्बोधनमा ‘जेन जी’ पुस्ताको चाहनाअनुसार काम गर्ने अठोट व्यक्त गरेकी थिइन्।


Post a Comment

0 Comments