७ कक्षामा पढ्ने छात्रालाई प्रिन्सिपलले लभ लेटर बिहे गर्ने दबाब दिएपछि पक्राउ
शिक्षकलाई गुरु मानिन्छ, तर एक प्रिन्सिपलले आफ्नो मर्यादालाई नै कुल्चिएर ७ कक्षाकी छात्रालाई 'लभ लेटर' (प्रेम पत्र) मात्र पठाएनन्, आफूसँग बिहेका लागि दबाबसमेत दिए ।
म तिमीलाई निकै मन पराउँछु, तिमीलाई पत्नीका रूपमा लिएको छु' जस्ता विवरणसहित प्रिन्सिपलले आफूलाई 'लभ लेटर' पठाउने गरेको भन्दै पीडित बालिकाले परिवारलाई जानकारी गराएकी थिइन् ।
ती प्रिन्सिपलले आफूसँग विवाहका लागि दबाबसमेत दिएको पीडितले परिवारलाई जानकारी गराएपछि स्थानीय प्रशासनमा यसबारे उजुरी गरिएको थियो । जिल्ला अधिकारी र एसएसपीसमक्ष यसबारे उजुरी गरेपछि प्रहरीले आरोपित प्रिन्सिपललाई नियन्त्रणमा लिएको छ ।
शिक्षा अधिकारी राकेश कुमारले आरोपित प्रिन्सिपललाई तत्काल निलम्बन गरिएको जानकारी दिए । उनको शिक्षक सेवा समाप्त गरी बर्खास्तको तयारी भइरहेको राकेश कुमारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले आरोपित शिक्षकमाथि थप अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाएको छ ।
0 Comments