निजि विद्यालयले अब विद्यार्थी भर्ना शुल्क लिन नपाउने !

 निजि विद्यालयले अब विद्यार्थी भर्ना शुल्क लिन नपाउने !

काठमाण्डौँ । आँबुखैरेनी गाउँपालिकले संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन निर्देशन दिएको छ । गाउँपालिकाले विहीबार विद्यालयहरुलाई पत्राचार गर्दै भर्ना गर्दा शुल्क नलिन निर्देशन दिएको हो ।

पत्राचारमा भनिएको छ ,संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ को दफा १४.१ २ मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको १ महिनाको शुल्क लिन पाउने मापदण्ड रहेतापनि आँबुखैरेनी गाउँपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले प्रचलित ऐन नियम, मापदण्ड र निर्देशिका बमोजिमबाहेक विद्यार्थी भर्नालगायतका शुल्क नलिनुहुन तथा यसअघि प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको भएमा सम्बन्धित अभिभावकलाई फिर्ता गर्नुहुन समेत अनुरोध छ ।

साथै आँबुखैरेनी गाउँपालिका शिक्षा ऐन, २०७१ आँबुखैरनी गाउँपालिका शिक्षा नियमावली, २०७९ संस्थागत विद्यालय शुल्क निर्धारण तथा माग निर्देशिका, २०७२ तथा प्रचलित ऐन, नियम बमोजिम कारबाही गरिने समेत पत्रमा उल्लेख छ ।




Post a Comment

0 Comments